बिरुको बुझाई

Ghadhi(प्रस्तुत मुल कथा र कथामा प्रस्तुत गरिएको ईतिहास र प्राकृतिक स्थान तथा कला प्रस्तरका बयानहरु र नियतिहरु काल्पनिक नभै सत्य नै हुन् । केवल पात्र मात्र काल्पनिक हुन्)

मेरो कक्षा कोठा कै झ्यालबाट गढि देखिन्छ, म गढी देखाउँदै विद्यार्थीलाई इतिहास बुझाउँछु, साहसका र समर्पणका कथा सुनाउँछु र महसुस गर्न लगाउछु, पुर्खाको वीरता सम्झेर शरिरमा जोश उमार्छन, उनिहरु पनि साहसी बन्छन् र गर्व गर्दै भन्छन हामी वीरका सन्तान। अनि नजिकैको गोरक्ष तालको कुरा गर्छु, विद्यार्थीहरु रोमान्चित हुन्छन् र भविस्ष्यमा धेरै पर्यटकहरु आउने अनुमान लाउँदै संरक्षण र विकासका कुरा गर्छन् ।

बिद्यालयबाटै गुम्बाडाँडा देखिन्छ अनि ती कला प्रस्तरहरु जो हर्नाको परिचय घन्काईरहेको छ, शहरदेखि सन्सार सम्म । एति भनिसक्दा उनिहरु पनि भन्छन् हाम्रो हर्ना कति राम्रो हगि सर ।

अनि म हर्नाका चिर परिचितहरुको व्याख्या गर्न लाग्छु

डक्टर, प्रोफेसर , कलाकार, समाजसेवी र माननियहरु

अनि भन्छु तिमिहरुले पनि उनिहरु जस्तै नाम कमाउनु है , इज्जत कमाउनु है । सबैले हुन्छको मुन्टो हल्लाउछन् ।

तर बिरेको मुन्टो हुन्न जस्तो हल्लिन्छ । म अचम्मित हुन्छु अनि भन्छु बिरु तिमिले टाउको घुमाको त मिलेन नि, त्यो त हुन्न भने जस्तो भयो , त्यसपछी बिरेले उठेर भन्यो , मैले हुन्न नै भनेको हो सर ।

मैले अचम्म मान्दै सोधें, किन ? राम्रो मान्छे नबन्ने?

अहँ नबन्ने । खै उसले के बुझेर भन्यो।

अनि फेरि भने ,यस्तो भन्नुहुन्न बिरु हामी सबै पढेर ठूलो बन्नुपर्छ ।

अनि त उसले मलाई सम्झाए जसरी भन्न थाल्यो ।

म गाउँलाई असाध्यै माया गर्छु सर । त्यसैले म ठूलो मान्छे बन्दिन किनकी तपाइँले भन्नुभएका यि डक्टर , प्रोफेसर, कलाकार , र माननियहरु कोहि पनि गाउँमा छैनन् ।

यो बिष्णु , रमा, सुदन , सुरज ठूलो मान्छे भए भने यिनले नि गाउँ छोड्छन् । तर म त मेरै गाउँमा बस्छु सर ।

……  यत्तिकैमा रमेशले पेट समाएर निन्याउरोअनुहार लाएर कन्दै, सर म घर जाउ भनेर सोध्छ । उस्लाई ट्वाइलेट लागेको मैले बुझ्छु र बुझ्छु ट्वाइलेटमा पानी नभएको ।

अनि भन्छु अरु पनि कसैलाई दिशा लागेको भए घर जाउ है ।

लघुकथा “बिरुको बुझाई”

यो कथामा प्रस्तुत हर्नामाडी गाउँ एउटा प्रतिनिधि गाउँ मात्र हो ।।। यस्ता धेरै गाउँ छन् नेपालमा ।

Story in audio:

About Story Author and Voice: Sudip Giri, Hetauda, is social insulator to carry on social momentum in education sector in rural area of Nepal. He is currently running Makwanpur Bal Bidya Sadnan in Hetauda for children. I met him in knowledge exchange program in Hetauda in 2000. Since then, I found him nothing except as potential good man in any corners, especially for social cause.

Screenshot 2018-10-11 21.03.30
Story Author and voice of story of Mr. Sudip Giri. Author Facebook: https://www.facebook.com/sudip.giri.790

 

 

Advertisements

One Reply to “बिरुको बुझाई”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s